Service 1 Heading Here

princeton-97827_1280

Phasellus fringilla vehicula egestas. Class aptent taciti sociosqu ad litora torquent per conubia nostra, per inceptos himenaeos. Nam gravida porta tellus sit amet commodo.

Service 2 Heading Here

san-jose-92464_1280

Phasellus fringilla vehicula egestas. Class aptent taciti sociosqu ad litora torquent per conubia nostra, per inceptos himenaeos. Nam gravida porta tellus sit amet commodo.

Service 3 Heading Here

academic-2769_1280

Phasellus fringilla vehicula egestas. Class aptent taciti sociosqu ad litora torquent per conubia nostra, per inceptos himenaeos. Nam gravida porta tellus sit amet commodo.

Wednesday, August 16, 2023

चोट ------------------(कथा)

सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् किनकि उहाँले टुटेको, फुटेको अनि निमोठिएको मेरो तन-मन दुवैमा उहाँको अलौकिक मल्हम दल्नुभएको छ।

फर्केर हेर्दा, मेरो जीवनमा 'प्रकाश'को पुस्तकमा लेखिएझैं वा त्योभन्दा पनि बढी नै पीडादायी महासंकट परेझैं लाग्छ तर म जान्दछु कि यो संसारको जुनसुकै र जस्तोसुकै पीडा किन नहोस्, त्यो कलवरी क्रुशको पीडाभन्दा नगन्य नै हुन्छ तरम मात्र एउटा मान्छे न हुँ माटोजस्तो कमजोर मुटु भएको माटाकै मान्छे, त्यसैले पुरानो खाटा बसिसकेको घाउ नकोट्याऊँ भनेपनि आज फेरि कारणवश कोट्याइछाडें।

घाउ कोट्याइनुको संयोग भनौं कि विडम्बना, आज त्यही दिन, त्यही गते पर्यो, जुन दिन मेरो जीवनमा कहिल्यै नसोंचेको हृदयविदारक अकल्पनीय घटना घट्यो अर्थात् मेरो साधारण जीवनमा यही दिन परमाणु बम खस्यो जसबाट म मृत्युबाट त जोगिएँ तर मेरो जीवन परमाणु विध्वंसपछिको हिरोसिमा र नागासाकीको अवस्थाझैं जर्जर र भग्नावशेषमय भयो।

म विवाहको करिब ७ वर्षपछि दुई सन्तानकी आमासमेत भइसकेपछि पहिलोपल्ट तीज मनाउन दुई बालक-छोरोलाई काखी च्यापेर माइत गएँ । श्रीमान विदेश जानुभएकोले साथमा हुनुहुन्थेन । साथमा भएको ठूलो छोरो औंलामा झुन्डिरहने उमेर पाँच वर्षको थियो भने सानो छोरो दूधमुखे नौ महिनाको थियो ।

मैले माइतमा पहिलो तीज राम्रैसँग बिताएँ अनि सबैलाई बिदा गरी आफ्ना लालाबालासहित घर फर्किन बस चढें । बाटाभरि मैले माइतमा बितेका रमाइला पल, परदेशिएका श्रीमान तथा चिचिला छोराहरुको उज्ज्वल भविष्यबारे सोंचिरहें । ६/७ घन्टाको सकुशल यात्रापछि घर पुग्न मात्र एक घण्टा बाँकि थियो, त्यॊ एक घण्टा मेरो लागि अन्तहीन अनन्त सावित भयो जसले सपनीमा अहिले पनि तर्साउँछ । नजाने के भयॊ कुन्नी ? एउटा घुम्तीमा बस दाँया मोडिदा आफसेआफ चिप्लेर अनियन्त्रित हुँदै सडकमै उतानो पर्यो । त्यो अत्यासलाग्दो पलमा मलाई आफ्नोभन्दा नानीहरुको फिक्री नै बढी लाग्यो । म जान्दिनथें कसरी जोगाउने तर विपदको त्यो घडीमा दुवै छोरोलाई काखमा राख्ने र बेस्सरी दुवै हातले समातिराख्ने बुद्धि आयो । बसले अनियन्त्रीत भई झ्याँकेर पछार्दासम्म अरु यात्रुहरुका कोलाहल र मेरा छोरोहरुको क्रन्दन कानमा गुञ्जियो, त्यसपछि टाउको कता ठोक्किएर, जिऊ कता बटारिएर आँखाभरि निस्पट्ट अन्धकार छायो अर्थात् म पूर्ण अचेत भएँ ।

होश खुल्दा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । छेवैमा आमाबा, सासु-ससुराको निन्याऊरो अनुहार देखें, अनि झट्ट मैले कहालीलाग्दो दुर्घटनाको त्यस क्षणलाई सम्झन पुगें । सम्झँदा मलाई बेस्सरी भाउन्न छुट्यो तर सँगसँगै छोराहरुलाई सम्झें अनि रिंगटालाई बेवास्ता गर्दै बल्लतल्ल आवाज निकाली आमालाई सोधें,

"आमा ! मेरा बाबुहरू खै ?"

प्रश्न गर्दै रिंगटाको कारण तिर्मिराएका आँखा र आँखीभौं खुम्चाउँदै म उठ्न खोजें तर सकिनँ। आमाले 'दुर्घटनाको कारण तँ अहिले धेरै कमजोर भा'छस्, नउठ् अहिले, छोराहरु सकूशल छन् र घरमै छन्, तँ चाँडो निको भई अनि घर गएर भेट्लास् ल ।' भन्नुभयो।

आमाले यति भनी सम्झाएपछि आत्तिएको मन अलि शान्त भयो अनि म चाँडो निको हुने (निरर्थक) प्रयासमा लागिरहें । दुर्घटनाको तीन दिनपछि बल्ल मेरो होश खुलेको रहेछ अनि मेरो मेरुदण्डमा चोट लागेको रहेछ जसकारण तबदेखि उसो मेरा पाइलाले यो धर्तीमा फेरि कहिल्यै टेक्न नसक्ने भएको रहेछ । अर्थात्, म मेरुदण्ड पक्षघाती भएकी रहेछु जसकारण मेरा खुट्टा नचल्ने मात्र होइन मेरो कम्मरदेखि मुनिको भाग चेतानाशुन्य भएको रहेछ अनि अझ त्यति मात्र होइन, वयस्क भएर पनि नाबालकजस्तो माफ्नै दिसा-पिसाब आएको र चुहिएको पनि थाहा नहुने रहेछ, हाय जिन्दगी !

सुरुसुरुमा कसैले पनि मलाई राम्ररी मेरुदण्ड पक्षघातबारे भनेन, सायद मानसिक आघात पर्छ भनेर होला । मचाहिं आफ्नो अधमरो शरीर देखेर पनि निको भइछाड्ने धुनमा थिएँ किनकि मलाई जतिसक्दो चाँडो आफ्ना चिचिला छोराहरुका मुहारभरि चुम्नु थियो, एउटी दुःखी आमाको आतुरी ! लगभग एक महिना निरन्तर फिजियोथेरापी गरेपछि बल्ल म उठेर व्हिल्चियरमा बस्न सक्ने भएँ अनि मलाई घरको मायाले साह्रै तानेकोले डाक्टरहरुलाई 'एक हप्ताको लागि भएपनि बिदा दिनुस्' भनी बिन्ती गरें अनि बिदा पाएपछि खुशी हुँदै घर गएँ । यात्रामा मैले बुझें कि हामीजस्ता अपांगता भएका व्यक्तिहरुलाई लामो दूरीको यात्रा ज्यादै नै कष्टकर हुँदोरहेछ । तर जे होस्, जति नै कष्ट भएपनि मैले ती कष्ट भुलाइदिएँ ।

घर पुग्नासाथ ठूलो बाबुलाई हात-खुट्टामा प्लस्टर लगाएर ऒछ्यानमा सुतिरहेको देखें, उसको हालत देख्नासाथ आँखामा आँसु भरियो । बिस्तारै उसको छेउमा गई उसको कपाल मुसारें अनि भरिएको कण्ठमा यति भनें,

'बाबु !'

मेरो स्वर सुनेर बाबुले बिस्तारै आँखा खोल्यो अनि 'ममी !' भन्दै रोयो । मेरो राजा, त्यस्तो अवस्थामा नभएको भए, सायद खुशीले उफ्रिदै मेरो काखमा आएर मलाई म्वाई खान्थ्यो होला तर त्यसो गर्न नसकेकैले होला ऊ रोयो । ऊ रुँदा अघिदेखि नै भरिएका मेरा आँखाबाट आँसु बाँध भत्किएझैं गरी झरे । यद्यपि, मैले बाबुको कपाल मुसार्दै उसलाई सम्झाएँ,

'नरो बाबु नरो, मेरो ज्ञानी बाबु नरो, अब चाँडै निको हुन्छ ल ।'

खासमा म आफैं रुँदै थिएँ तर आँखाबाट बरर्र आँसु झरेपनि त्यसलाई पुछ्दै अनि आफ्नो हिक्कालाई बलैले दबाउँदै छोरोलाई सम्झाउँदै थिएँ । त्यतिकैमा नन्द पनि कोठामा आइन् र सासुको छेउमा बसिन् । अघिसम्म मैले सानो बाबुलाई नदेखेपनि नन्दले आफ्नो कोठामा लगिन् होला भन्ने सोंचें (किनकि उनको कोठा दोस्रो तल्लामा थियो अनि उनले नै मेरो सानेलाई मेरो अनुपस्थितिमा हेरचाह गर्छिन् भन्ने सुनेको थिएँ। ) अनि म आएको थाहा पाएपछि पक्कै पनि साथै ल्याउनेछिन् भन्ने सोंचें तर बाबुलाई उनको साथमा नदेख्दा एकछिन मन आत्तियो तर झट्टै 'माथि सुतेकै होला नि' भन्ने सोंचें अनि नन्दलाई सोधें, 'अनि सानो बाबु खै उजेली?'

मेरो प्रश्न सुन्नासाथ उजेली अँध्यारो मुख देखाएर मलाई पुलुक्क हेरी मात्र अनि आमाको मुख हेरी, मानौं ऊ सासुलाई बोल्न ईशारा गर्दै थिई । सासुआमाले पनि छिट्टै कुराको पोको फुकाईहाल्नुभयो, 'अब कति ढाँट्नु तँलाई ? ल अब सुन्, तेरो सानो बाबु छैन, तैले च्यापेर मारिस् त्यही दिन....।'

यो सुन्नासाथ म जोडले चिच्याएँ, 'नाइँ...यो हुन सक्दैन बाबु!......हुँहुँहुँ......।' म आफैंलाई थाम्न नसकी बाँध फुटेझैं रोएँ, मसँगै बल्लतल्ल सम्हालिएको ठूलो बाबु पनि रोयो। म त्यसरी आकुल-व्याकुल भएर रुँदा सासुआमाले सान्तवना दिन त परै जाओस्, झन् मेरॊ पोलेको घाउमा नुनचुक दल्ने काम गर्नुभयो। मेरो आँसुको पर्वाह नगरी यतिसम्म भन्न भ्याउनुभयॊ, ‘ठूलेको यस्तो कन्तबिजोग छ, आफूचाहिं अधमरो भएर नी किन मस्तले बाँच्नुपर्या होला ? यो सब तँ अलच्छिनले गर्दा हो।'

म त्यसै त पीडाले विचलित भएको त्यॊ अवस्थामा झन् उहाँका यी शब्द सुनेर मुटु छियाछिया भयो। उहाँको आक्षेप स्वाभाविक एवं ठिकैजस्तो लाग्यो, त्यसैले केही भनिनँ तर आँखाबाट आँसुको भल बग्ने क्रम चाहिं रोकिएन, निकै बेर ।

त्यसको दुई दिनपछि मैले उपचार गरिरहेको पोखराको हरियोखर्क अस्पतालमा नै उपचार गराउने भनेर मैले ठूलो छोरोलाई आफूसँगै एम्बुलेन्समा पोखरा ल्याएँ अनि आफ़्नोभन्दा छोरोको शिघ्र स्वास्थ्यलाभको कामना गरें।

साविकझैं मेरो फिजियोथेरापी सकेपछि एकदिन डाक्टरलाई सोधेँ, 'डाक्टर सा'ब, म कहिले हिंड्न सकूँला ? डेढ महिना भयो फिजोयो गरेको पनि, अझै मेरो खुट्टामा अलिकति पनि चेतना छैन, किन होला ?' मेरो प्रश्न सुनेपछि डाक्टरले एकछिन पल्याक-पुलुक मभन्दा अलि पुराना व्हिल्चियर प्रयोगकर्ता साथीहरुलाई हेर्नुभयो अनि बिस्तारै मेरो वास्तविक अवस्थाबारे भन्नुभयॊ। सबै वास्तविकता थाहा पाएपछि म भक्कानिएँ किनकि मेरॊ आशा एकाएक चकनाचुर भएको थियो। 'डाक्टर सा'ब, म यस्तो जिन्दगी बाँच्न चाहन्न अब, बरु प्लीज मलाई मर्ने सुई दिनुस्।' - यस्तो भन्नुसम्म भनें तर डाक्टरले मलाई धेरै कुरा भनी सम्झाउनुभयो; यस्त्तॊ नियति भोग्ने म मात्र होइन, सँगैका मेरा मित्रहरुको कहानी पनि त्यस्ता रहेछ, अझ म आमा भएकीले छोरोको निम्ति नै बाँच्नुपर्छ भनी बताउनुभयो। त्यसपछि बिस्तारै मेरा आँसु थामिए।

अस्पतालमा बस्दा सबभन्दा बढी सान्तवना प्रभुको सुसमाचार सुनेर पाएँ जसले मलाई टुटेकै भएपनि बलियो भई जिउने आँट दियो। अब म प्रभुकै निम्ति बाँच्छु जसले मेरोलागी क्रुशको भयानक पीडा सहनुभयो। मलाई मेरो श्रीमानले त्याग्नुभयो तर माइतीमै आश्रय पाएकी छु अनि छोरोलाई आफूसँगै राखी हुर्काउँदै छु। भविष्यमा मजस्ता अपांगता भएका व्यक्तिहरुप्रति लक्षित कुनै रोजगारमूलक तालिम लिई स्वावलम्बी बन्ने मेरो धोको छ र यही प्रार्थना मेरा प्रभुलाई पनि छ, आमेन !

(समाप्त)

Wednesday, January 25, 2023

स्वतन्त्र--------------------(कथा)

'तिमीहरुले सत्यलाई चिन्नेछौ र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ । (यूहन्ना ८:३२)

सुरुमा सरसर्ती बाइबल पढ्दा यो वचन त्यति राम्ररी बुझेकी थिइनँ, सतही पारामा मात्र बुझेकी थिएँ किनकि म, मेरो परिवार प्रभुमा आएदेखि नै स्वतन्त्र भएको थियो । केबाट स्वतन्त्र भन्दा 'धामी-झाँक्रीका अनेक टन्टादेखि' स्वतन्त्र ।

पहिलोपल्ट चर्च जाँदा एकदम नौलो र रोमान्चक अनुभूति भयो । झल्याँस्स सम्झें, अर्को हप्ता ठ्याक्क शनिबार मेरो पीरियड़ सुरु हुने दिन, जसरी पहिले मलाई पीरियड़मा देउताको अगाडि पर्नु मनाही थियो, सोंचें- 'यहाँ पनि पक्कै त्यस्तै होला' र बीचमा भजन-किर्तन चलेकै बेला छेवैकी एउटी दिदीलाई सोध्न मन लाग्यो, उहाँको कानैमा मुख लगेर सोधें-'दिदी ! पन्छेको बेलामा चर्च आउन मिल्दैन होला है ?' मेरो प्रश्न सुनेर दिदी मुसुक्क मुस्कुराउनुभयो अनि भन्नुभयो- 'मिल्छ नानु, प्रभुको दृष्टिमा कोही पनि अशुद्ध हुँदैन' । आहा ! मलाई कस्तो स्वतन्त्र आभाष भयो भने यो कुरा गएर म सबै समुदायकी छोरीहरुलाई सुनाइदिऊँझैं भयो । झट्ट मलाई मेरी दुई साथीको याद आयो, एउटी ब्राह्मण समुदायकी र अर्की नेवार समुदायकी । एकपल्ट स्कूलमा खाली पिरियडमा यसकै बारेमा कुरा गरिरहँदा मैले बल्ल मेरा साथीहरुको समुदायमा यस्तो बेलामा छोरीहरुलाई झन अछुतसरह व्यवहार गरिँदो रहेछ भन्ने थाहा पाएँ ।

अलग्ग एउटा छुट्टै कोठामा एक हप्ता सम्म बस्नुपर्छ रे अनि बाबा र दाजु-भाइको मुख हेर्नुहुन्न रे | ‘आँइ हो र ? त्यसोभए अनि स्कूल नि ? स्कूल आउन हुन्छ त ?' भनी सोध्दा 'पहिले-पहिले बाहिर पटक्कै निस्कन पाइँदैन थियो रे तर पछि स्कूल चाहिं जान पाइने भयो रे' भन्ने जवाफ पाएँ । अझ पहिलोपल्ट रजस्वला हुँदा चाहिं उनीहरुलाई ११ दिनसम्म एउटा शुन्य कोठामा अलग्गै राखेको सुन्दा म चुक्चुकाएँ किनकि मेरो समुदायमा त्यसरी छेकथुन गरिंदैन । म पहिलोचोटी रजस्वला हुँदा आमाले बाहेक परिवारमा अरु कसैले पनि थाहा पाएन, तर उनीहरुको चलन-अनुसार अलग्गै बस्दा सबैले थाहा पाउँछन् |

काँचै उमेरको काँचो दिमाग भएपनि मैले भनें- 'यस्तो चलन त राम्रो होइन । हामी छोरी मान्छेलाई झन् हेप्ने चलन हो यो त । किन तिमीहरुलाई यसको विरोध गर्न मन लाग्दैन ?'

बिनाले भनिन्- 'लाग्न त लाग्छ नि तर के गर्नु ? पूर्खादेखिको चलन !' तर नमुले भनिन्- 'मलाई त यसको विरोध गर्न जरुरी छैनजस्तो लाग्छ ।' छक्क पर्दै मैले सोधें- 'किन ?' अनि उनले खितिती हाँस्दै भनिन्- 'आ ! त्यसबेला किचेनमा काम गर्नुपर्दैन, झन् हाइसन्चो हुन्छ, सुतेर बसे नि भो, पढेर बसे नि भो ।' मलाई धेरैजनाको यस्तै सोंच भएकोले यस्तो चलनले निरन्तरता पाएको हो भन्ने लाग्यो । तर अचम्म के भने एउटै देशवासी भएपनि हाम्रो समुदायको चलन चाहिं एकदम फरक थियो र छ पनि । हाम्रोमा अलग्गै कोठामा बस्नुपर्दैन थियो अनि पूजाकोठा वा तुलसीको मठछेउ मात्र जान मनाही थियो, बाँकी सब कुरामा स्वतन्त्र थियौं । बिस्तारै-बिस्तारै जब म ठूली हुँदै गएँ अनि नारीवादलाई राम्ररी बुझ्न थालें, त्यसपछि मलाई के-केमा नारीहरु दमित छन् भनेर अझ बढी गहिरिएर केलाउन मन लाग्यो । केलाउँदै जाँदा हाम्रै समुदायमा पनि विभिन्न कुरा वर्जित गरिएको थाहा पाएँ । जस्तै खेतबारीको बोट-बिरुवा छुन नहुने (छोयो भने मर्छन् रे), दुहुनो गाई-भैंसी छुन नहुने (छोयो भने कि मर्छन्, कि बिरामी पर्छन्, कि दूध दिन छाड्छन् रे) तर तिनै गाई-भैंसीलाई घाँस काटेर दिन चाहिं हुने रे अनि वनबाट दाउरा काटेर ल्याउन चाहिं हुने रे, कस्तो वाहियात् । यी यावत कुरा गाउँले परिवेशमा हुर्किएकी माइलीले भन्दा मलाई बडो अनौठो लाग्यो र सोधें,

'अनि तिमीले नछुने भाको बेलामा भैसीलाई छोएनौ त ?'

'आ ! मैले त छोइदिएँ नि !’

‘अनि भैंसी मर्यो त ?'

'हाहाहा काँ मर्नु… फास्टा कुरा हो सब…हाम्रो काली (भैंसी)लाई घाँस हाल्दै गर्दा मैले त्यसको गाला मुसारेन भने कस्तरी 'बाँ.…' भन्दै कराउँथी, म त मन थाम्न सक्थिन, आमाले नदेख्ने गरी मुसरिदिन्थें । एकचोटी आमाले देखीचन, अब मलाई दाउराले हिर्काउलिन् भनेको त, हतार-हतार पाती टिपेर चोखो अमखोरामा पानी लिएर पातीले आफ्नो कानको रिङ छुँदै अमखोराको पानीमा चोपल्दै भैंसीमा, आफूमा जताततै छर्किन थालिन्, के गरेको ? भन्दा सुन-पानी छर्केको रे, नछुनेले छोइछिटो गर्यो भने त्यसरी सुनपानी छर्केर चोख्याउने रहेछन् । हाहाहा ऐया, मलाई त भित्रभित्रै हाँसो उठेथ्यो तर आमा रिसाउलिन् भनेर त्यत्तिकै ओंठ टोकेर बसें । है ? काँहीं नभा चलन हाँडीगाउँमा !'

'त्यही त नि ! तर जे होस्, हाम्रो चलनमा बाहुन-क्षेत्रीका छोरीहरुले जस्तो गरी धेरै बार्नुपर्दैन, हाम्रो त ठीकै छ भनम तर तिमीलाई थाहा छ ? सुदूरपश्चिमका गाउँहरुमा झन् 'छाउपडी भन्ने चलन छ, नछुने भाको छोरीलाई एक्लै घरदेखि पर जंगल नजिकै छाउगोठ बनाएर राखिदिन्छन् अनि त्यहीं बस्नुपर्ने रे, त्यो पनि ३ दिन होइन, १४/१५ दिन रे ।'

'आम्मै ! हो र ? आबुई ! हामीलाई एक्लै त घरमै नि कस्तो डर लाग्छ, तिनीहरुलाई कस्तो भा होला है ? बिचरीहरु च्वच्व्च्व ।'

त्यसपछि मैले उनलाई छाउपडी प्रथाको नालीबेली सुनाएँ; असफल छाउपडीविरुद्धका अभियानहरु र छाउगोठमा भएका बलात्कारका घटनाका इतिवृत्तान्तहरु । ती सब सुनेपछि उनी साह्रो आत्तिइन्,

'ओहो यस्तो नराम्रो चलन हाम्रो नेपालमा रै'छ है, के गर्ने त ? जति नै अभियान चलाए नि के काम तिनीहरुको दिमागमा देवता रिसाउला र विपत्ति पर्ला भन्ने डर हुन्छ, त्यहीभ’र पूर्खाको चलन छोड्न सक्दैनन् बाबै ।'

नछुने हुँदा छोइछिटो गर्यो भने देवता रिसाउने कुरो चाहिं मलाई फेरि बिझ्यो, उनले अझै भनिन्;

'हैन यी देवता भनाउँदा पनि कस्ता रीसाहा होलान् है ? हाम्रो प्राकृतिक गुणलाई पनि घृणा गर्ने ? आखिर देउतीनीहरु पनि पन्छिन्छन् क्यारे तर हामीलाई मात्र केके जाति नियम रे । हामीहरु नपन्छिए त यो संसारै चल्दैन बाबै ।'

उनले यसो भनिरहँदा म सोंचमग्न भएँ, हो त नारीहरुमा यो गुण नभएको भए सन्तानोत्पादन प्रक्रिया नै हुने थिएन अनि संसारमा मानव-अस्तित्व उहिल्यै लोप भइसक्थ्यो, एकछिन रोकेर उनले फेरि थपिन्,

'उ: किस्नेको साइँली फुपूलाई त्यहीभ’र कसैले ब्या गरेन केरे, बिचरी फुपू, अहिलेसम्म एक्लै बूढी-कन्ये नै छिन् ।'

उनले यसो भन्दा मेरो सोंच पनि यतै मोडियो । कृष्ण (किस्ने) हाम्री कान्छी छेमाको छोरो हो, हाम्रो भाइ पर्यो, उसकी साँहिली फुपूबारे पहिलोपल्ट एकदिन मैले आमाकै मुखबाट सुनेकी थिएँ । पहिलोपल्ट रजस्वला भएदेखि मेरो मनमा अनेक कुरा खेल्न थालेका थिए, यस्तो अप्ठयारो बेहोर्नुपर्ने रहेछ र त छोरी भएर जन्मिनुभन्दा छोरो भएर जन्मिनु बेस भनिने रहेछ भन्ने लाग्यो, त्यसपछि म आफूलाई छोरो भएर जन्मेको हावा कल्पना गर्न थालें । फेरि त्यही हावा कल्पनामा बहँदाबहँदै मलाई छोरो भएर जन्मिन पनि मन लागेन । एकाएक छोरी नै भएर जन्मिने तर पन्छिन नपरे कस्तो हुन्थ्यो होला ?' भन्ने सोंचें (हाहाहा, गिदी पनि कस्तो के मेरो !) । 'धत् उल्लू ! त्यस्तो पनि काहीं हुन्छ ?' भनेर आफैंदेखि हाँसो उठ्यो । तर म साह्रै जिज्ञासु जो परें, यो कुरा आमालाई सोध्न मन लाग्यो र एकदिन सुटुक्क सोधें, 'ममी, छोरी भएपनि कहिल्यै नपन्छिने कोही हुन्छ कि नाइँ ?' आमाले कत्ति पनि नहाँसिकन त्यतिखेरै भन्नुभयो,

'अँ त्यस्तो हुन्छ नि कसैलाई, किन नहुने ? त्यो किस्नेको साइँली फुपू त्यस्तै भाकोले त कसैले ब्या गरेन नि ।'

प्रकृतिले सिर्जेको यस्तो अपवाद पनि हुँदो रहेछ भन्नेकुरा मैले त्यतिबेलै जानेकी थिएँ, अहिले फ़ेरि माइलीको मुखबाट तिनकै कुरा सुन्दा म एकछिन सोंचमग्न भएँ । ती फुपूलाई नि:सन्देह आम नारीलाई जस्तो प्रेम, विवाह र सन्तानको रहर पक्कै थियो होला, पक्कै पनि सन्तानलाई गर्भदेखि काखमा बोकेर दूध चुसाउँदै मातृत्वको अनुभूति लिन मन थियो होला तर प्रकृतिले नै तिनको रहर कहिल्यै पूरा हुन दिएन । गाउँमा मेलापात गर्दा तिनी हिंड्ने गोरेटोमा गाउँकै अल्लारे केटाहरु पनि परेछन् भने अलि परैबाट ती केटाहरु फरक्क फर्किन्थे रे, 'बाटैमा थारो भैंसी आउँदै छ, सावधान है केटा हो, हान्ला है !' भनी मरीमरी हाँस्दै एक-अर्कालाई सतर्क पार्थे रे, त्यसै…। समाजले त नारीलाई हेप्यो-हेप्यो तर प्रकृतिले पनि हेपेको एउटा जीवित उदाहरण भेटिंदा म अवाक् रहें ।

फेरि मनको अर्को आवाजले भन्यो, 'होइन, नारीलाई हेप्ने पीडक प्रकृतिभन्दा यो समाज हो जसले उनीहरु रजस्वला हुँदा छोइयो भने रिसाउने देउतालाई पुज्छ, त्यसैले रिसाउँछ, त्यस्सै रिसाउँछ । तब म गम्थें, 'यस्तो कुनै देउता भए हुन्थ्यो जसले रजस्वला भएकी स्त्रीलाई स्नेहले स्विकारोस् अनि बल्ल ती देउता रिसाउने भयले छाउगोठ बस्न बाध्य छोरीहरु पनि स्वतन्त्र हुने थिए ।' अनि 'त्यस्तो देउता होला त काहीं ?' भनेर मेरो मनले त्यतिबेलैदेखि खोजिरहेको थियो जुन खोज धेरै वर्षपछि अनेक बाधा-व्यवधानको सामना गर्दै, अनेक हण्डर र ठक्कर खाएपछि बल्ल पूरा भयो । अर्थात् ख्रीष्ट येशुमा आएपछि बल्ल पूरा भयो ।

सुरुमा नयाँ करार बाइबल हात पर्नासाथ के-के लेखिएको रहेछ भन्ने कौतुहलतासाथ पढ्दै गएँ । एउटा घटना पढेपछि मलाई मेरो मनले खोजेको देउता यी नै रहेछन् भन्ने तत्वज्ञान भयो अर्थात् भनूँ न 'मैले 'ढुंगा खोज्दा ठ्याक्कै देउता' भेटें । एकदिन जब येशु आफ्ना चेलाहरुसहित भीडबीच भएर जाँदै हुनुहुन्थ्यो, त्यसबेला पछिल्तिरबाट एकजना बाह्र वर्षदेखि रक्तस्रावबाट पीडित स्त्रीले उहाँको लुगाको एक छेऊ छोइन् किनकि तिनले 'मैले प्रभुको लुगाको छेऊ मात्र छोएपनि म निको हुन्छु' भन्ने सोंचिन् । अनि साँच्चै नै तिनी प्रभुको लुगाको छेऊ छुनासाथ निको भइहालिन् । त्यतिबेलै आफ़ूबाट शक्ति बगेको थाहा पाएर येशु त्यहीं टक्क अडिनुभयो अनि भीडतर्फ फर्किएर सोध्नुभयो, 'कसले मलाई छोयो ?' चेलाहरुले 'प्रभु ! भीडले तपाइलाई ठेलिरहेको छ र तपाई किन ‘मलाई कसले छोयो भन्दै हुनुहुन्छ ?' भनेर भने । तब फेरि येशुले भन्नुभयो, 'होइन मलाई कसैले छोएकै हो किनकि मबाट शक्ति गएको मैले थाहा गरेको छु ।' उहाँले यस्तो भन्नुभएको सुनेपछि ती स्त्री डराई-डराई सबैको सामुन्ने आइन् र सबैलाई आफ्नो बाह्र वर्ष पुरानो रक्तस्रावको व्यथा प्रभुको लुगाको छेऊ छोएर निको भईन् भन्ने कुरा बताइन् र प्रभुले खुशी भएर तिनलाई झन् आशिष दिएर पठाउनुभयो । वाह ! रक्तस्रावको कारण देखाई स्त्रीलाई अशुद्ध र अछुत मानेको हाम्रो हिन्दु देउताहरुभन्दा येशु यसैकारण महान हुनुभयो किनकि उहाँले त्यस्ती स्त्री असुद्ध वा अछुत हुँदिन भन्ने कुरा सबैका सामु खुल्लमखुल्ला बताउनुभयो । त्यस स्त्रीले आफ्नो स्पर्श गुप्तमै राख्न खोजेकी थिई तर प्रभुले सबैका सामू प्रकट गरी समाज-परिवर्तनको घोषणा गर्नुभयो । वाह ! यो कुरा घामझैं छर्लंग भएपछि म खुशीले गद्गद् भएँ र प्रभुमा ढिलोचाँडो भएपनि आएकोमा आफूलाई भाग्यमानी ठानें ।

यसर्थ, येशुको यो सुसमाचार म ती सुदुरपश्चिमका छाउपडी प्रथा व्याप्त सबै गाउँहरुमा पुगोस् भन्ने चाहन्छु ताकि अबदेखि उसो त्यहाँका चेलीहरु रजस्वलामा छुँदा रिसाउने देउता भनाउँदोको भयबाट स्वतन्त्र हुन सकुन् र त्यो छाउपडी इतिहास बन्न सकोस् अनि यसका कारण उत्पन्न हुने नारी अस्मिता हरणका दुर्घटनाहरु निमिट्यान्न होउन् ।

तसर्थ म भन्छु, दुष्ट पुरुषका दुष्ट आँखादेखि चेलीहरुलाई खासमा कसले रक्षा गर्न सक्छ ? -हाम्रा एकमात्र प्रभु येशुले सक्नुहुन्छ, किनकि उहाँमा नै वास्तविक रक्षा र स्वतन्त्रता छ, आमेन !!! (समाप्त)

Monday, January 16, 2023

Colors in my plain life

First of all, all glory to God, the Almighty who brought beautiful colors in my black and white life. Today, after a long-long time, I’m again having the mood to jot down my another phase of autobiography and I am really excited for it.

Hmm! From where should I begin? Okay, let me confess to the readers that as soon as the year 2020 begun, I have already started being frustrated or bored of my monotonous life. No wonder, I had found the meaning and purpose of my life after knowing Christ. In addition, I also had been successful as a writer who writes for the glory of God. But as it’s said that a man with an ever-desiring heart can never be fully content, I was also losing my contention upon my mere achievements. I was finding it monotonous to just keep on reading and writing and spend my life on it. I just wanted to do something more interesting other than my daily routine but I had no idea how to because I wasn’t accepted even in disability-related organization. When visited, the deaf organization, I would be suggested to go to the wheelchair-users’ and when visited the latter, I would be suggested to go to the deaf’s. I sadly realized I belonged nowhere and so; I really thought my life worthless enough to throw it on a trash-can despite knowing that God definitely has plans for me as well. So, I cried at my heart and implored the Lord, ‘Lord! I’m already fed-up from my life. I no longer want to live because I have nothing to do except writing for your glory. I know and am always ready to write for your glory till I breathe my last but Lord, I think only writing isn’t enough for your glory. So, please Lord, add some colors in my plain life if you want me to live more enthusiastically.’

Soon after praying like that, I got reassurance from God to keep on enjoying writing for his glory. This was after a devotional book, written by a severely paraplegic writer in Singapore, named Jacquelin Woe, fell upon my hand. I found her words reassuring and re-energizing that I finally wiped my discontent tears. But still after that, my life was colorless and I didn’t know how to get those colors.

It was just in the midst of the lockdown during the Covid pandemic. I found a Japanese YouTuber, Shuhei Kumagai, through my friend’s facebook post, was singing a Japanese song in Nepali sign language. I enjoyed the song coz it had nice English subtitles. I then sent him friend request doubting a lot if he’d really like to be my friend but to my surprise, he did accept my request soon. We chatted only a bit in the beginning and I think he soon forgot me because it’s definitely hard to be recognized as a special friend out of so many thousands of Facebook friends. Anyway, I kept on commenting on his YouTube channel and he recognized something different. And all the more, I once introduced myself on a comment that I’m a hard of hearing person and am also a writer. After knowing that, he probably had leapt with joy ‘EUREKA!’ because I later found out that he was going to launch a website for the welfare of both Japanese & Nepalese people with hearing loss and was searching for a Nepalese writer, fluent in English, with the same problem and who can write their stories in both languages. In addition, he would pay and help to earn (although it may be a little). Wow! That really collided with my longing for something new & appropriate and I too leapt with joy ‘EUREKA!’ for I have been always voluntarily writing stories of persons with disability, especially wheelchair-users but was actually jobless & worthless. I wondered if anybody would ever give me a job of writing & translation but I would laugh at myself with a satire, ‘Can there ever be such a job? And who would ever believe a person like you?’ But he believed, that too after reading only few of my articles. So, I thank God for I believe we found each other, not under a mere coincidence but truly under His amazing plan.

And so, soon afterwards our website, DEAF-SHIRU (www.deafshiru.org) was launched with our joint writing & effort. While editing & translating his articles, I found out that this flower-boy had many inspirational contents for the website which truly touched my heart. Since then, our members are growing and we hope to expand it more with more members & sponsors worldwide. I have collected & written six stories from Nepal and he has collected & written nine stories from Japan so far and all of those stories are heart-touching stories of people suffering from hearing loss. In fact, I had doubted if this flower-boy is really serious but I certainly found out that he is truly a boy with a big selfless dream. In short, the founder has made my life colorful & meaningful through DEAF-SHIRU.

Furthermore, after few months of the launching of the website, he got a nice project opportunity from his Iwate university to shoot two videos of Nepalese persons with disability. When he talked about this with me and asked me to recommend some talented friends of mine with disability, I was going to recommend two of my artist friends. He okayed one of them and then surprisingly asked myself to be another protagonist for the video. Hearing that, I laughed my belly out because I never thought myself deserving to appear on any video for, I’m actually clumsy due to my disability and I felt it would be like ‘a monkey dance’ if I appeared on a video. I had watched few of my self-recorded videos on my smartphone and didn’t like my own appearance. So, I would laugh out and delete them as soon as after watching them. I told him this and kindly refused his offer but to my surprise, he was determined to persuade me anyhow because he totally believed I deserve to be included in his project. After he told me that I could be an inspiration to other persons with disabilities, I finally agreed. As a result, there was produced a YouTube video about me entitled ‘living with multiple disability’. I obviously felt nervous and was surely clumsy in the video but still, that came out nice and I couldn’t stop being grateful to Shu-chan, videographer, editor and most of all to God, the Almighty.

All the more, recently on the happy new year, 1 January 2023, Shu-chan and another DEAF-SHIRU’s member Makiko Yamamoto visited me and stayed for a day at my home. It was a great happy day for me. I had actually feared they would feel inconvenient at my poor home but they happily bored the discomfort here. Those prince & princess, born with silver spoon on their mouth must have experienced an eye-popping surprise in my house.

Let me share some precious moments about Shu-chan’s visit at my home;

1. I was glad to find him all smiling & friendly in reality too & not only on youtube for I know many people put a fake smile only on videos. I had met two Japanese in Pokhara who were rarely smiling and on top of that, I had also heard that ‘Japanese rarely smile.’ So, I thought it might be true but to my surprise, I found Shu-Chan the opposite, a great candid man.

2. It was really funny to see Shu-chan dropping his jaw twice & Mako-chan shutting it when he panicked after hearing me say that we don’t use the electric heater during night.

3. I felt fortunate to be able to hear his sweet voice despite my hearing loss. He has the American accent in his pronunciation.

4. It was more pleasing when he pinched my cheeks saying ‘your skin is nice’ as if I’m a little girl (when I’m like his granny by age, he’s 11 yrs. younger than me). To tell the truth, nobody has ever pinched my cheeks lovingly as he did. In return, I did also stroke his cheeks saying ‘your skin is much nicer than mine.’

5. It was giggly when he asked my bro how many times to use the bucket-water to flush the toilet. I was gonna tell him but he inquired even before I could tell. Did he realize, how poorly we live?

6. It was fun to see him tasting a bit of corn mush & chewing it instead of swallowing it. He must have panicked to know that Nepalese swallow the mush & it must have stuck between his teeth after chewing.

7. It was so considerate & loving to see Mako-chan signing and telling me not to cry after they left. I replied, ‘No, I won’t cry coz I do have a big heart and I’ll cherish these moments for the rest of my life.

8. It was fun when he mistakenly used JSL (Japanese Sign Language) with me forgetting that I don’t understand JSL and I mistakenly spoke Nepali with him forgetting that he isn’t a Nepalese.

9. All the more, I was glad to hand him the Holy Bible when he asked me for it himself. The Father must have put the desire for His Words in his heart. Hallelujah!

Before concluding, let me tell about a miracle which God recently did for him. On 1st Jan 2023 morning at 8:30, Mako-chan messaged me that he had caught a fever & stomach-ache and might not come to visit me but only she would come. I felt so sad and feared his Nepal trip might go ruined. I wondered what to do for a moment? Immediately I prayed, ‘Lord! Plz heal Shu-chan and make him visit my home. Also plz let him be healthy all round his Nepal trip.’ After 2 hrs of my prayer, I got his message, ‘we are coming to your home.’ Then, I got so happy & thanked God (for He worked through the medicine he took). I really felt God laid His hands upon him and that He wants him to know Him. Amen!

Oh, wait! I was just about to wrap-up this article but I remembered that I forgot to share another God’s blessing which I received through Shu-chan. My laptop was very old, second-hand windows-7 with dead battery which could run only when there was electricity due to which always had to stop writing during power-cut. I was wishing to buy a new laptop but my chump savings could never reach the amount needed to buy the expensive gadget. So, I was trying to be okay using the grey-haired laptop but surely God knew my innermost desire. I knew He’s the God of providence but I didn’t actually ask Him for a laptop in my prayer because I knew I shouldn’t be greedy. I didn’t tell anyone about my need but wow, one day, Shu-chan himself asked me about the condition of my laptop and if I needed a new one? I honestly answered him everything but didn’t ask him to provide for me because he was still a student back then. Then and there, he planned himself actually to provide me his own MacBook as a surprise gift. Well, he didn’t tell me his intentions right then but asked me to provide him the Facebook ID of my own brother saying that he had something to do with him and also that I’m not allowed to inquire him about it for the time being. I wondered why for a moment but soon forgot it. A week after this, as soon as I woke up in the morning, my brother surprisingly told me that Shuhei-san sent me a MacBook as a surprise gift through a Japanese tourist. Oh! My heart leapt with joy. I found out that was the reason for befriending my bro and I happily thanked Shu-chan for his surprise gift.

Soon after this, I happened to think about others, especially hard of hearing persons like me, that if they could also get second-hand laptops through DEAF-SHIRU, that would be a great social work of our organization because I knew that there are many poor and needy friends like me for whom getting even a second hand laptop can be far more than ecstasy. I then shared my concept with him about which he reacted very positively and he very soon contacted with the head of another laptop donating organization who also reacted positively upon Shu-chan’s proposal. As a result, we were successful in donating five laptops to HOH friends so far and we hope to continue to do so in the future too.

By the way, I got so ecstatic while writing this article that I ended up creating a haiku for the first time which is as follows;

A HAIKU dedicated to him;

One among millions.

He’s my warm and cutest brother.

An angel sent by God!

He’s a flower-boy,

With ever-shining beams of smile.

Diamond among gems!

He dreams high, big aim.

Fujiyama seems shorter.

God always bless him!

Finally, as the Holy Bible says to always rejoice in the Lord, so far, I’m doing so despite my fluctuating emotions. However, I am at cloud nine and rejoicing more than before all because of the colors from DEAF-SHIRU and I wish my rejoice may remain till the end just as my faith endureth forever. TO HIM BE THE GLORY FOREVER AND FOREVER!

(THE END)

Thursday, September 23, 2021

उम्दा मन

जापानबाट जहाज त्रिभुवन विमानस्थलमा ओर्लिंदा मेरो मन आफ्नै देशको मायाले भरियो | जहाजको ढोकाबाट फलामे भर्यांगमा कुरकुर ओर्लिएपछि म एकछिन टक्क अडिएँ र आँखा चिम्लेर दुवै हात फैल्याउँदै लामो सास तानें ‘उम्.....आह.....!’ मलाई नेपाल बसाएझैं लाग्यो | मातृभूमि यतिसम्म प्रिय, यतिसम्म सुवासित हुन सक्छ भन्ने मैले ३ वर्ष विदेशिएपछि नेपाल टेक्दा बल्ल थाहा पाएँ | त्यतिबेलै झट्टै दिमागमा आयो, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी !’ अनि म मुसुक्क मुस्कुराएँ |

 

पूर्वतिर क्षितिजमा हेर्दा आकाश रक्तिम उज्यालो हुँदै थियो र मिर्मिरे बिहानीलाई स्वागत गर्दै त्यो रातो डल्ले घाम हाई’ काढ्दै झुल्किदै थियो | त्यो दृश्यलाई आँखामा कैद गर्नासाथ मेरो ओंठबाट मन्द मुस्कानसहित निस्क्यो ‘ओहायो नेपाल !’ अब नेपालमा ‘शुभ प्रभात वा शुभ बिहानी’ भन्ने चलन छैन तर जापानमा सधै बिहान-बिहान ‘ओहायो’ भन्दै साथीहरुलाई अभिवादन गर्ने बानी परेकोले मलाई आफ्नै देशलाई पनि त्यही शैलीमै अभिवादन गर्न मन लाग्यो |

 

जापानमा सँगै पढेका नेपाली साथीहरुले जापानजस्तो देशमा आइसकेपछि टन्न नकमाई स्वदेश फर्कनुहुन्न भनेर मलाई सम्झाएको सम्झाई गरे तर म ‘होइन, बाहिर पढेर आफूले सिकेको कुरा स्वदेशमा पोख्नुपर्छ, बल्ल पो आफ्नो देश पनि बन्छ’ भन्ने कुरामा अडिग रहें | मेरो कुरालाई साथीहरुले हावा गफ भन्दै मलाई मूर्ख नबन्न भने | अलि भावुक भएर भुवनले भन्यो,

 

‘नेपालमा ग्रेजुएटको सर्टिफिकेट बोके पनि काम छैन के, १०० तिर धाउँदा पनि भनेजस्तो नोकरी नपाएरै म यता आएको हुँ | नेपालमा गरेर खाने वातावरण नै छैन, हाम्रो देश पूरै बूढो अनपढ नेताको हातमा छ, हामी युवाहरुको सपना कसले बुझोस् ?’

 

‘हो त नि !’ भन्दै अरु साथीहरुले पनि होमा हो मिलाए |

 

‘होइन, हामी नेपाली युवाहरुको यही पलायनतावादी सोंचको कारणले हो देशको विकास हुन नसकेको | जहिल्यै देश विकास भएन भनेर कपाल फूलेका नेताहरुलाई मात्र के दोष दिनू ? दोष त खास हाम्रो हो, विदेशमा आर्जेको सीप र ज्ञान आफ्नै देशमा खनाउँछु भन्ने अठोटको कमी छ हामीमा,’ भन्दै मैले पनि आफ्नो मत राखें |

 

‘ओई किसन-कन्हैया ! धेरै फिलोसोफी नछाँट् न यार |’ अर्को मित्रले मेरो कुरालाई कैंचीलेझैं बीचैमा च्वाट्ट काट्यो |

 

‘ठीकै छ नि, तँ फर्किने भए फर्की, हामी त यतै मस्ती गर्ने, मिले यतै घरजम पनि गर्ने, कसो गाइज?’ भन्दै भुवनले मलाई पनि समर्थन गर्यो अनि अरुहरुको पनि मन राख्यो |

 

भुवनले आफू नेपालमा हुँदा शिक्षित भएपनि बेरोजगारीको सामना गर्नुपरेको तीतो अनुभव पोख्दा मलाई कतै आफू पनि त्यस्तै पीडित होइने त होइन ? भनी अलिकति डर लाग्यो तर म त आफैंमा विश्वास गर्ने मान्छे, भुवनलेझैं १०० चोटी इन्टरव्यू फेल भएपनि हार नमानी १०१/१०२... चोटि प्रास गरिरहने अठोट लिएको थिएँ किनकि आशा गर्नेहरुको निम्ति हजारौं ढोका बन्द भएपनि एउटा न एउटा ढोका त पक्कै खुल्छ | यही दृढ विश्वास लिएर म अन्तमा आफ्नै माटोमा पसिना बगाउने निर्णय गमेर आएँ, एउटा उम्दा मन लिएर आएँ |

 

बाग्लुंगको आफ्नै घर टेकेपछि म काली गण्डकी खोलातिर डुल्न निस्किएँ | काली खोला, जहाँ मेरा बाल्यकालका अविस्मरणीय डोब जमेका छन्, त्यसलाई म कसरी भुल्न सक्थें र ? हर्के, बिर्खे, काले, गोरे अनि म भएर यही खोलामा कहिले माछा मार्थ्यौ त कहिले नांगै-भुतुङगै भएर पौडी खेल्थ्यौं | त्यहीं किनारमा एउटा ढुंगामाथि बसेर खुट्टा तिघ्रासम्म पानीमा डुबाई परपरसम्म नियालें | बाल्यकालका ती मित्रहरु त सबै लाखा-पाखा लागिसके | कोही कता, कोही कता, प्राय: सबै परदेशमै व्यस्त, उनीहरुसित अब भेट संयोगले मात्र हुने हो | उनीहरुलाई सम्झेको बेला त न च्याटमा भेट हुने, न विडियो च्याटमा, यो सोसल साइटको त कामै छैन भनेपनि हुन्छ | त्यैपनि हिजो गोरेलाई अनलाइन देखेर विडियो-कल हानेको त संयोगले उसले रिसिब गर्यो | धेरै वर्षपछि त्यसलाई देख्दा अलि कालेजस्तो देखें, सोधें,

 

‘ओए गोरे, के छ यार ? के हो, तँ त काले पो भएछस् त ?’

 

‘कतारको घामले किस गरेर नि यार, तँजस्तो स्टुडेन्ट भिसामा राम्रो देश जाने क्षमता भए पो | गोबर भरेको दिमागले दस नि पास गर्न सकेन, अब गल्फको घाम नखाए के खाने ?’

 

उसले आफ्नो विवशता पोख्दा मैले गल्फ-कन्ट्रीमा पसिना बगाइरहेका सबै युवालाई सम्झें, सोंचें ‘ती सब युवालाई स्वदेशमै रोजीरोटीको व्यवस्था गर्न सके...|’ यसको समाधानको लागि सोंच्दै जाँदा एकैचोटि मैले स्नातक गरेको विषय ‘अन्तरराष्ट्रिय मामिला’ अन्तर्गतका राजनीतिशास्त्र, समाजशास्त्र र अर्थतन्त्रका सुत्रहरु मेरो दिमागमा फटाफट स्लाइड शो हुन थाले | त्यत्तिकैमा गोरे फेरि बोल्यो,

 

‘अरे के भो किसन-कन्हैया ? जापानमा कतिओटा गोपिनी फकाइस् नि ? भन् न !’

 

मेरो सोंचाईको लय त्यसरी बटारिएको मलाई मनपरेन, हल्का रिसाउँदै भनें,

 

‘ह्या ! केको गोपिनी-सोपिनी ! म त राधाभक्त किसन हो के, तँजस्तो प्लेब्वाई होइन |’ मैले पनि मजाकी शैलीमै जवाफ दिएँ तर झन् ‘को हो नि तेरो राधा ? भन् त’ भनेर पो सोध्न थाल्यो, हैट ! जे होस्, ‘अहिल्यै राधा फेला परेको छैन, पर्यो भने तँलाई नै सबभन्दा पहिले सुपारी-गेडी पठाम्ला नि’ भनेर उसको मुखमा बुजो लगाइदिएँ | साथीहरुले त्यसै ठट्टामा मेरो नाममा ‘कन्हैया’ जोडेर मलाई द्वापरयुगको किसन बनाइदिन्छन् तर वास्तवमा मेरो हृदय छाम्दा म ठ्याक्कै त्यस्तो चाहिं छैन है |

 

टाढा—टाढा क्षितिजसम्म आँखा डुलाएँ. घाम डुब्न लागेको थियो, आकाश सुनौलो सुन्तले रंगको तन्नाझैं भएको थियो अनि बादलहरु किसानले भर्खरै जोतेको खेतका माटोझैं कुरकुरे च्याँट्ट परेका थिए अनि चराहरु हुल बाँधेर आफ्नो गुँड फर्कंदै थिए | म पनि चराजस्तै उडेर आएर आज आफ्नै गुँड (देश) फर्किएँ र म विदेश पलायन हुने युवाहरुलाई कम्तिमा यी चराहरुजस्तै आफ्नै गुँडमा फर्किन संदेश दिन चाहन्छु | तर अचम्म लाग्यो, म विदेशमा अध्ययन सकाएर ‘अबदेख आफ्नै देशमा केही गर्छु’ भनी आएलगत्तै आफन्त-जनबाट स्याबासी होइन, बरु प्रश्नै-प्रश्नका बाण तेर्सिए | ‘नेपालमै दुख गर्ने मन किन लिइस् त कान्छा ?’ भनेर धेरैले सोधे | दुःख त विश्वको जुन कुनामा पुगेपनि गर्नैपर्छ, यो कुरो सबैलाई थाहा छ तर पनि हाम्रो जनमानसको सोंचाई के भने बरु विदेशमै दुःख गर्नु जाती रे अनि स्वदेशमा त रिटायर्ड लाइफ मात्र बिताउने रे | म भन्छु, देशलाई चाहिएको विदेशमा पसिना बगाएर चाउरी परेका वृद्ध होइन, तर विदेशबाट ज्ञान बटुली आएर स्वदेशमै पोखाउने होनहार युवा हुन् | नि:सन्देह, जापान विकासको चरमचुलीमा पुगेको प्रमुख कारण त्यहाँका कर्मठ युवाहरु नै हुन् जहाँका युवालाई काम र मामको लागि पराइ देशमा भौंतारिनु पर्दैन | काश: मेरो देश पनि त्यस्तै हुन सके...|

 

गुजुङ-गुजुङ, गुजुङ-गुजुङ गर्दै मेरो तिघ्रामा हल्का काउकुती लाग्यो | के रहेछ भनेर निहुरिएर तल हेर्दा पानीमा एक हुल बाम माछा मेरो तिघ्रामा ठोक्किंदै पौडदै थिए, म मुसुक्क हाँसें र माछा पक्रने मनसायले झ्वाम्म दाहिने हात पानीमा हालें | तर त्यसरी हातैले कहाँ माछा समात्न सकिन्छ र ? मलाई ‘लज अफ रिफ्र्याक्सन’ बारे राम्रै ज्ञान थियो, त्यसैले माछा पक्रनैको लागि नभएर झसँग तर्साउनको लागि मात्र हात झ्वाम्म हालेको थिएँ | नभन्दै अचानक मेरो हातको प्रवेशमा ती माछाहरु तर्सेर तितरवितर भए, मलाई हाँसो लाग्यो, हाँस्दै सोंचें, ‘आज बल्छी ल्याउनुपर्ने रैछ...’ | बल्छीको नाम लिनासाथ मलाई जापानमा एकचोटि जापानी मित्र शुहे-सानसँग माछा मार्न गएको दिनको याद आयो | इवाते प्रान्त घुम्ने उत्सुकतावश म उसित उसको बज्यैको घर गएको थिएँ, उसले सँगै फिसिंग गर्न जाने भनेकोले हामी हिंड्दै-हिंड्दै हेगावा खोलामा गयौं | वरिपरिको दृश्य हेर्दा खै किन हो मलाई त पश्चिम तराईको मेरो मामाघर पुगेझैं लाग्यो | खोलाको तीरमा पुगेपछि उसले बल्छी हान्यो, मैले चाहिं टुरिस्टले झैं उसको फोटो खिंचें र वरिपरिको दृश्य पनि क्यामेरामा कैद गरें | एकछिनपछि उसको बल्छीमा माछा परेछ अनि उसले मलाई बोलायो, ‘हेर्, हाम्रो इवातेको माछा !’ भन्दै बल्छिबाट सुस्तरी माछा समातेर मलाई देखायो | ‘माछा त आखिर जहाँ भएपनि उस्तै त हो, हेहे !’ भन्दै नजिक आएर उसले हातमा पक्रिराखेको माछा हेरें | ‘कति क्युट है ?’ भनेर उसले तारिफ गर्दै थियो, मलाई चाहिं खित्का छुट्लाझैं भयो | मैले पनि समात्नुपर्यो भनेर हात बढाएको के थिएँ, उसले त माछालाई म्वाई गर्यो अनि सुस्तरी भुइँमा त्यही पानीमा छोड्यो अनि भन्यो, ‘’बाई-बाई फिस !’ अनि म त उठेको हात उठेको उठ्यै, ट्वाँ...|

 

हाहाहा, हैट ! उसको मानेमा त फिसिंग भनेको त माछा मार्नु नभई पक्रेर म्वाई गरेर फेरि पानीमै छाड्नु पो रहेछ बाबै | ऊ वेजिटरियन भन्ने थाहा भएपनि फिसिंग गरेर मलाई र बज्यैलाई ताजा शुशी खुवाउला कि भनेको त कहाँ अचाक्ली नै प्राणीप्रेमी रहेछ ऊ त | होइन, खासमा जापानमा नदीनालामा हुने माछाहरुलाई संरक्षण गर्न तिनीहरुलाई मार्न नपाइने तर फिसिंग गर्न पाइने गजबको नियम रहेछ | मासुको लागि माछा पाइने ठाउँ लोकल फिशेरीज रहेछ | नदिनालाका प्राकृतिक शोभा जोगाउन यस्ता जलचर प्राणीको निम्ति नियम बनाइएको मलाई राम्रै लाग्यो | नेपालमा त माछा बल्छीमा अड्क्यो भने भुँडीमा गइहाल्यो भने हुन्छ | जे होस्, माछा देखेकोले मलाई शुशी खान मन लागेको कुरा उसलाई भनें अनि उसले मलाई एउटा दामी रेस्टुरेन्ट लग्यो जहाँ मैले चाहिं माछाकै शुशी खाएँ अनि उसले चाहिं तरकारीको |

 

‘खासगरि, खोलाको माछालाई पनि त्यसरी माया गर्नु हो भने बल्छी हानी फिसिंग पनि नगर्नु नि, किन ? किनकि बल्छिको अंकुशेले त्यसको मुखमा घाउ हुन्छ नि | बिचरो माछो, त्यसले ‘ऐया !’ भन्न सक्दैन, हामीले नै बुझ्नुपर्ने होइन र ?’ शुशी खाँदै मैले बडो दार्शनिक शैलीमा दिमागमा खेलेको आफ्नो विचार शुहे-सानसामु पोखाएँ |

 

अनि उसले कपाल कन्याउँदै भन्यो, ‘...हो, हुन त हो क्यारे...|’

 

मैले पानीमा फेरी झ्वाम्म हात हालें र मनमनै बोलें, ‘माछाप्रेमीको असली फिसिंग त यस्तो पो हो, बिनाबल्छी झ्वाम्म हात हालेर माछालाई झसंग तर्साएर खितितिती हाँस्ने |’

 

केही दिनपछि म कामको खोजीमा निस्किएँ वा भनौं मैले बोकेको उम्दा मनलाई साकार पार्न निस्किएँ | खासमा मलाई भुवनले भनेजस्तो बेरोजगारीको डर थिएन किनकि घर-नजिकै एउटा स्कूल थियो जहाँ एकदिन शिक्षक भएर काम गर्छु भन्ने लक्ष्य लिएको थिएँ | त्यो स्कूल कहिल्यै घन्टी नबज्ने तर घन्टीको ठाउँमा डुमडुम ड्रम बज्ने अनौठो स्कूल थियो जसले मलाई अन्जानमै आकर्षित गर्यो | म भर्खर किशोरवयमा हुँदादेखि शुरु भएको यो आकर्षण चुलिंदै-चुलिंदै आएर मेरो जीवनकै लक्ष्य बन्न पुग्यो जो वयस्क हुँदासम्म पनि बासी भएन बरु सदाबहार तरोताजा रह्यो | किशोरवयको एउटी केटीप्रतिको आकर्षण हुँदो हो त बढ्दो उमेरको हावासँगै उडेर त्यो उहिल्यै लोप भइसक्थ्यो होला तर केटीप्रति होइन म त स्कुलप्रति आकर्षित भएको थिएँ जोसित सम्बन्ध जोडेर मैले मेरो लक्ष्य पूरा गर्नु थियो |

 

मेरा बाबा समाजसेवी हुनुभएकोले होला ‘समाजसेवा’ मेरो रगतमै भएजस्तो लाग्छ तर मैले त सबभन्दा पहिले आफ्नो खुट्टामा बलियो गरी उभिने धरातल भेट्टाउनु थियो | यसो सोंच्दा त्यही स्कूल नै दिमागमा झ्वाट्ट आयो जसबाट मैले समाजसेवा र स्वावलम्बन दुवैको उपलब्धी हासिल गर्न सक्थें | त्यसैले म स्वयंसेवक बनेर त्यतै लम्किएँ किनकि त्यहाँ सिधै शिक्षक बन्ने मेरो योग्यता पुगेको थिएन | साथमा स्नातकको प्रमाणपत्र मात्र थियो तर त्यसले शिक्षक बन्ने योग्यता पुग्दैनथ्यो किनक त्यो स्कूल म पढेको स्कूलजस्तो सामान्य स्कूल नभई ‘बहिरा स्कूल’ पो थियो जहाँ पढाउन मेरा औंलाहरु सांकेतिक भाषामा पोख्त हुनैपर्ने थियो |

 

अचेल पछाडि फर्केर हेर्दा म सोंच्छु, ममा गरेरै छाड्छु भन्ने दृढ इच्छाशक्ति नभएको भए आजसम्म पनि यही स्कूलमा कार्यरत हुने थिईनँ | त्योबेला म आम बहिरा विद्यार्थीहरुझैं बेन्चमा बसेर डेस्कमा कापी र कलम राखेर उनीहरुसँगै पढ्थें, मेरो मतलब म स्कूलका पाठ्यपुस्तक नभई सरको र विद्द्यार्थीहरुको सांकेतिक भाषा अध्ययन गर्थें र महत्वपूर्ण संकेतहरु कापीमा टिप्थे | सुरुसुरुमा गाह्रै भयो तर बहिरा विद्द्यार्थीहरुसँग संकेत आदान-प्रदान गर्दागर्दा म जान्ने भएँ | सांकेतिक भाषामा दक्ष हुन्जेल म एक वर्ष स्वयंसेवक नै रहें अनि त्यसपछि बल्ल वास्तविक शिक्षक बन्न सकें | भर्खरका किशोर-किशोरीहरुसँगै बसेको म वयस्क युवा यहाँ झट्ट हेर्दा ‘कागको बथानमा बकुल्लो’झैं देखिन्थें, कसै-कसैले त ‘यो भुसतिघ्रे जवान बल्ल स्कूल जान थालेछ’ भन्दा हुन् जस्तो लाग्थ्यो तर अरुले जेसुकै सोंचेपनि मलाई फरक परेन किनकि मेरो लक्ष्य खास के हो भन्ने उनीहरुलाई के थाहा | मेरो बाबाले त मलाई मेरो अठोटमा समर्थन गरिहाल्नुभयो तर ममीचाहिं अलि ठुस्किनुभएको थियो, ‘अरु नै स्कूलमा नपढाएर त्यो बहिरा स्कुलमा पढाउन किन कर पर्यो तँलाई के ?’ भनेर गुनासो गर्नुहुन्थ्यो | मेरो कुरा सबै सुनिसकेको भएपनि आमाको कमलो मन झट्ट के मान्थ्यो र, त्यैपनि स्कूल जानेबेलामा म सानोमाजस्तै ‘ममी, म गएँ ल’ भदै उहाँको गालैमा च्वाप्प म्वाई गरिदिन्थें र पक्कै उहाँको नौनीजस्तो मन पग्लिहाल्थ्यो | पछि-पछि त्यसरी गुनासो गर्न छोड्नुभयो तर स्कूलमा दिनभरि औंलाले संकेत गरेकोले बेलुकी औला, काँध दुखेर ‘हट-वाटर ब्याग’ले सेकेको देख्दा आम्मै ! के भयो ?’ भन्दै आत्तिनुभयो | मैले कुरो लुकाउन खोजें तर नभनी धर पाइनँ | ‘मैले तँलाई सिन्को भाँच्न दिइनँ तर अहिले के हो यस्तो ? स्कूल गाको रे, दिनभरि खेत खनेकोजस्तो !’ भन्दै मेरो काँधमा तेल दलेर मालिस गरिदिनुभयो | उहाँको मायालु हातको स्पर्शले तत्काल आनन्द आयो ‘आहा !’ अनि म लाडिएर ‘सुरुसुरुमा सबैलाई यस्तै हुन्छ के ममी, नो प्रोब्लम’ भन्दै उहाँको काखैमा टाउको राखी लुटपुटिएँ अनि उहाँले चाहिं मायाले प्याट्ट-प्याट्ट हान्नुभयो |

 

औंला भाँची गन्दा ‘धौलागीरी बहिरा स्कूल तथा कम्प्युटर इन्जिनियरिनिंग कलेज’सँग नाता गाँसिएको पनि ४ वर्ष भएछ जसमा ७ महिनाजति मैले स्कूलमा शिक्षक भएर पढाएँ भने यहाँ कलेजमा प्राविधिक सहायक तथा ‘दोभाषे’को पदमा पनि भ्याकेन्सी खुलेपछि म त्यसमै कार्यरत भएँ | बहिराहरूलाई जिवनपयोगी प्राविधिक क्षेत्रमा सक्षम बनाउने उद्देश्यले यहाँ कम्प्युटर इजिनियरिंगको पढाइ हुन्छ र यो विषय पढाउने दक्ष शिक्षकहरु सबैमा सांकेतिक भाषाको ज्ञान नभएको हुनाले दोभाषेको खाँचो पनि भएको हो | त्यसैले म अचेल कलेज तहका विद्द्यार्थीहरुलाई सामान्य किसिमले पढाउने शिक्षकसँगै कक्षाकोठामा उपस्थित भई दोभाषेको रुपमा काम गर्छु | नेपाली सांकेतिक भाषामा कतिपय शब्दहरुका संकेत नै छैन, अझ त्यसमाथि कम्प्युटर इन्जिनियरिंगका धेरैजसो जटील शब्दका त संकेत नै थिएन जसकारण संकेतमा बुझाउन धेरै गाह्रो भइरहेको थियो | त्यसैले, हामी विद्द्यार्थी र शिक्षक सबै मिली कम्प्युटर इन्जिनियरिंगसम्बन्धित साझा संकेत बनायौं र हाल यसैलाई सबैले पालन गर्छौं जसले गर्दा बहिरा विद्द्यार्थीहरुलाई धेरै सजिलो भएको छ |

 

हिजो ‘टिचर्स डे’ मा रमाइलो कार्यक्रम भएको थियो | अगाडि स्टेजमा बहिरा विद्द्यार्थीहरुका बहु-प्रतिभा देखेर म खुशीले आल्हादित भएको थिएँ | हाम्रो समाजले अझै पनि बहिरा व्यक्तिहरुलाई सजिलै स्वीकार्न सकेको छैन, तर उनीहरुमा सुन्ने क्षमताबाहेक अरु केहीमा पनि कमी छैन अनि यही कुरामा जोड दिंदै बहिराहरूलाई पनि कम्प्युटर इन्जिनियर बनाई समाजमा दह्रो गरी उभ्याउने लक्ष्य हाम्रो स्कूल तथा कलेजले लिएको छ | विद्द्यार्थीहरुका लगनशीलता र प्रतिभा देखेर मलाई हामीकहाँ पनि एकदिन ‘ग्राहम बेल’ र ‘बिथोवन’ जस्तै संसार हल्लाउने महान हस्ती जन्मिनेछ भन्ने कुरामा म आशावादी हुन्छु | अनि तिनै महान हस्तीलाई ज्ञानको ज्योति देखाउने म पनि एक गुरु भएकोमा म गौरवान्वित हुन्छु | यसको साथै, आज मैले स्वदेशमै रहेर जे गरें र गर्दैछु, मैले छोडेको पाइलाका डोबहरु यी भोलिका चिचिलाहरुले पनि पछ्याउन् भन्ने चाहन्छु जहाँ हामी सबैको उम्दा मनले स्वदेशमै उच्च धरहराको निर्माण गर्न सकोस् |

 

‘सर ! तपाइको एउटा फोटो खिंच्छु है, अलि हिरो पोज दिनुस् न |’ भन्दै अमृतले मेरो अगाडि उभिएर हातमा क्यामेरा नचाउँदै भन्यो | मैले ‘वेट-वेट’ भनें अनि शानले दुवै हात बाँधेर बसी टाउको र नजर देब्रेपट्टी फर्काएँ र अमृतले क्लिक गर्यो | मलाई यही पोजको तस्विर मनपर्यो अनि आफ्नो फेसबुक प्रोफाइलको भित्तामा पनि यसैलाई राखें, मेरो त्यही हिरो पोज |

 

(समाप्त)