Tuesday, December 13, 2011

विचारका ज्वारभाटा

विचार मेरा समुद्रका छालसरी
तर आयतनमा सीमित तालसरी
यो जीवन चल्दोछ कछुवाको चालसरी
बेकारर्को जिवन यो सस्तो मालसरी
बितिदोछ समय मेरो अज्ञात कालसरी
च्यात्न गाह्रो यो फलामे जालसरी
खालिपनमा घर्किने यो हालसरी
बेकारको यो जीवन सस्तो मालसरी....|
प्रतिक्रिया दिनुहोस्