Tuesday, December 13, 2011

जिन्दगी

अनौठो हुन्छ जिन्दगीको परिभाषा,
कसैलाई आशा,कसैलाई निराशा.
जिन्दगी त एउटा बग्ने खोलाजस्तै फर्केर नआउने,
दुई दिनको जिन्दगीमा दुखसुख दुवै बेहोर्ने.
सधैं हाँसो र खुशी भैदिए हुन्थ्यो जिन्दगानी,
तर सोचेकोजस्तो कहाँ हुन्छा र?
जिन्दगी त कर्कलाको पातको पानी.
हाँस्नुमात्र होइन रुनु पनि पर्छ नि,
फूलमात्र होइन काँडा पनि फूल्छ नि.
हाँस्न मन नलागे पनि हाँस्नुपर्दो रैछ,
बाँच्न मन नलागे पनि बाँच्नुपर्दो रैछ.
सहन नसके पनि यो चोटलाई सहनुपर्दो रैछ,
बुझ्न नसके पनि यो जिन्दगीलाई बुझ्नुपर्दो रैछ.
जिन्दगी त गोरेटोको उकाली र ओराली,
अडेको छ सुखदुख दुवै सँगाली.
जिन्दगी त फेरी एउटा पल्टिरहने पासा,
कसैलाई आशा कसैलाई निराशा |



प्रतिक्रिया दिनुहोस्