Tuesday, December 13, 2011

ईनम--(लघुकथ)

टि.भी.पत्रकार अरुणाले एउटा लाइभ शोको कल्पना गरिछन् |शोको नाम थियो-'सत्यको उजागर' |त्यस कार्यक्रममा भाग लिनेले सत्य बोल्नुपर्ने रैछ |सुरुमा सभासद्हरुलाई निम्ता दिइएछ तर सत्य बोल्नुपर्ने हुनाले सभासदहरु आउन मानेनछन् किनकि टि.भी स्टेसनमा 'ट्रुथ डीटेक्सन' मेशिन राखिदो रैछ |सभासदहरु आउन नमानेपछि अरुणाले जुक्ति निकालिछन् |कार्यक्रममा आउने प्रत्येक सभासद्लाई दुई करोड ईनामको व्यवस्था गरिएछ |त्यस्पछिचाहि ईनामको लोभले थुप्रै सभासद आएछन् |
अनि कार्यक्रम संचालक अरुणाले मात्र एउटा प्रश्न सबलाई सोधिछन् |'तपाई संविधानसभा भवनमा के गर्नुहुन्छ ?' अनि सभासदहरुले यसरी उत्तर दिएछन् |-----
सभासद नं.१-'म आइपडको ठोसा कानमा छिराएर संगीत सुन्दै बस्छु |'
"" न.२-'म साडी मिलाउदै बस्छु |

' नं.३-'म हल्ला गर्दै बस्छु |'
नं.४-म आइफोनमा च्याट गर्दै बस्छु |'....आदि
कार्यक्रम सकिएपछि अन्तमा सभासद्हरुले ईनामको माग गरेछन् |अरुणाले उनीहरुलाई एउटा ठुलो ढोकाबाट जान आग्रह गरिन् त्यस ठुलो ढोकाबाट छिर्नासाथ सभासद्हरुले झन्डै दुइ करोड नेपालीको भीड देखे |अनि आक्रोसित त्यो भीडले सभासद्हरुलाई जगल्त्याएर कुटी-कुटी मारिदिए |यसरी सभासद्हरुले ईनाम पाएछन् |
प्रतिक्रिया दिनुहोस्