Thursday, March 8, 2012

उफ्

उफ् ! यो मुल्यवृद्धि !

हाम्रो नेपालमा पेट्रोलको भाउ बढ्नासाथ व्यापक विरोध हुन्छ | तर चौतर्फी विरोध भएपनि मुल्यवृद्धि हुने क्रम रोकिएको छैन |

हाम्रा युवाहरुले विरोध गर्न मात्र जान्दछन् तर त्यसको समाधानतर्फ ध्यान दिदैनन् |अब हामीले समाधानको उपाय पछ्याउने कि ?

मेरो विचारमा हामी पेट्रोलको खपतलाई धेरै गुणा कम गर्न सक्छौ |त्यसको लागि गाउँ-गाउँमा सरकारले गोबर-ग्याँस प्रविधिलाई विस्तार गरेझैं अब सहर-सहरमा पनि गर्न दवाव दिऔं वा सरकारलाई झक्झक्याऔं |

गोबर ग्याँस प्रविधि सहर-सहरमा पनि लागु भए,गाउँका किसनहरुले गोबर बिक्रिबाट आय-आर्जन बढाउन सक्नेछन् | अनि एलपीजी ग्याँस विस्थापित हुन सक्नेछ |अर्को कुरा गोबर ग्याँसलाई भण्डारण गर्ने तरिकाको लागि विद्द्यार्थीहरु जागौं |यससम्बन्धि कृषि विज्ञान र इन्जिनियरिङका विद्द्यार्थीले आवश्यक अनुसन्धान गर्न म आव्हान गर्छु |

प्रायः गोबर-ग्याँस अलि झन्झटिलो प्रविधि हो तर यसलाई कम झन्झटिलो बनाउन लागिपर्ने तपाई-हामी नै हों |

अझ म त भन्छु,कुनै पनि सहरभित्र बस-गाडीको सट्टा पुरानो जमानामाझैं घोडाले तान्ने बग्गी वा टाँगाको व्यवस्था गरे कसो होला ? यसबाट वातावरण पनि जोगिन्थ्यो,ट्राफिक जाम कम हुन्थ्यो,सडक दुर्घटना घट्थ्यो, अनि घोडाको संरक्षण पनि हुन्थ्यो |अब गृहमन्त्रीलाई यो अनिवार्य लागु गर्न दवाव दिउँ साथी हो,कसो ?सहरभित्र बग्गी टाँगा,साइकलको मात्र प्रयोग तर लामो दूरी-यात्रामा मात्र गाडीको प्रयोग भए आहा ! नेपालका सहर कस्ता हुन्थे होलान् ? म कहिले ज्यादै सोचमग्न हुन्छु |मन्त्रिहरुले पजेरो होइन बग्गी प्रयोग गर्ने अनि सर्वसाधारणले मोटरसाइकल होइन घोडा वा साइकल प्रयोग गर्ने दिन आए कस्तो हुन्थ्यो होला ?

खासगरी मेरो यो लेख गोबर-ग्याँसको विस्तार र विकासमा युवावर्गलाई हातेमालो गर्न प्रेरित गर्नलाई लेखेकी हुँ |कृषिमा धनी हाम्रो देशमा पेटोलियमको विकल्पको यथेष्ट सम्भावना छ |कसो साथी हो ?
प्रतिक्रिया दिनुहोस्