प्रचण्ड-‘छोरा ! सोझो औंलाले घिउ आउँदैन
बुझ्यौ,मौकामा बिरालाको घिउ पनि बेच्नुपर्छ, बुहारीको जिउ पनि बेच्नुपर्छ, बुझ्यौ ?’
प्रकाश-‘बुझें बुवा,तपाईको छोरो हुँ म,म तपाईको
जुँगाको चाल पनि बुझ्छु |’
प्रचण्ड-[धाप दिंदै]’स्याबास छोरा ! आइम् प्राउड
अफ् यु |’
(अनि दुवै ङिच्च
हाँस्छन् |)
[जंगलमा लडाकुलाई हौसला दिंदै ]
प्रचण्ड-‘कमरेड हो,सर्वहाराको निम्ति हामीले यो
लडाईं कम्मर कसेर लड्नुपर्छ,अहिलेको समय हामीले आफ्नो अधिकारको निम्ति मर्ने र मार्ने समय
हो,बुर्जुवा-सामन्तीलाई हामीले परास्त गर्नैपर्छ |’
[सबै लडाकुले ताली
बजाउँछन्,अनि सबै गरप-गरप परेड खेल्दै आफ्नो बाटो लाग्छन्,प्रचण्ड आफ्नो भूमिगत
क्याम्पमा बसिरहेको बेला प्रकाश लुसुक्क आउँछ]
प्रकाश-‘बुवा ! मलाई
त यी लुतेहरुप्रति शंका लाग्छ,कतै तपाईको सपना पूरा नहुने पो हो कि ?’
प्रचण्ड-[प्रकाशको
गालामा प्याट्ट हिर्काउँदै]’धत् लाटा ! शंकाले लंका डढाउँछ बुझ्यौ,हामीजस्ता उच्च
सपना देख्नेहरु . , यस्ता झिनामसिना शंकामा अल्झिनुहुन्न बुझ्यौ
? नेपालीहरु ‘मुर्ख छन् र त बहादुर छन्’ भन्ने भनाइ .
. त्यतिकै बनेको होइन,यी
मुर्खहरुलाई हामीले म्याक्सिम गोर्कीको ‘आमा’ रटाइईदिनुपर्छ वा भाष्करको . . ‘ अमरबस्ती’को सपना देखाईदिनुपर्छ,हामीले
जस्तो भन्छौं त्यस्तै गर्नेछन्,बुख्याचाझैं हामीले जता .
. फर्कायो,त्यतै फर्कनेछन्,यिनीहरु
त हाम्रा टेक्ने लौरी हुन्,पछि कुर्सीमा हामी नै हो गजक्क |’
[दोस्रो जान-आन्दोलनपछि,मूलधारको राजनीतिमा
आएपछी]
प्रचण्ड-[बियरले भरेको गिलास उचाल्दै]’चियर्स !
देख्यौ प्रकाश,मेरो सपना कस्तरी पुरा भो |’
प्रकाश-‘हो बुवा
चियर्स ! फर माइ पाप द ग्रेट’
[पछिल्लो घटनाक्रमपछि]
प्रचण्ड-‘तिमीलाई सगरमाथा चढाउन सुटुक्क पैसा
कुम्ल्याउँछु भनेको नि,कहाँबाट त्यो कन्सुत्ला[पत्रकार]ले थाहा पाएछ . कुन्नि,मोरोले तिम्रो रहर पूरा हुन दिएन
बा,पीत नगरे है,म् तिमीलाई सगरमाथा हैन अमेरिका पुर्यैदिन्छु |’
प्रकाश-[अलि खिन्न मुद्रामा] ‘हो त नि
बुवा,जनसमर्थन पाउन ‘शान्तिकालागि अभियान’ भन्ने खोल ओढेको . . नि,भएन,सबले मलाई थुके,यिनीहरु त मह बाठा
रहेछन् बुवा,मलाई त डर लाग्न थालिसक्यो |’
प्रचण्ड-[ऊ पनि अलिअलि डरायो]’भैगो,भैगो, चिन्ता
नलेउ,अझैपनि आश्वासन दिंदै उनीहरुलाई अल्झ्याउने माकुरे . .
जालो छ मसँग |’
प्रकाश-[खुशी हुँदै]’हो र बुवा ?...या ! माइ पाप
द ग्रेट |’
नेपाली जनता-[प्रचण्ड निवास बाहिर]’जुन जोगी आएपनि काँ चिरेको | माओ त्से
तुंगको विचारको दुरुपयोग गरी .
. हामी सोझा-साझालाई थाग्यु,अब
तिम्रो पनि अन्तको दिन आइसक्यो |हामीलाई कम्जोर नठान,हामी नुर्ख . . भएपनि बहादुर हौँ...अब गद्दाफी र होस्नी
मुबारकझैं त्यसको हालत हामीले बनाउनेपर्छ..[सबैजना] हो हो . .
. बनाउनैपर्छ...|’
.
[समाप्त]