Thursday, October 4, 2012

उसको प्रेम

अरुणा छन्त्याल (Hellen Keller)-‘अहँ, मान्दै मन्दीन के, मैले कति भनें, कति सम्झाएँ, ऊ मेरो कुरा कुनै हालतमा स्विकार्दीने, म के गरूँ रु’ प्रकाश मसित आफ्नी भूपू प्रेयसीलाई सम्झिदै यसरी दुःख पोख्थ्यो l  सुरुसुरुमा त ‘बिर्सिदे, जे भयो(भयो, देखेको होइन,लेखेको मात्र आफ्नो हुन्छ’ भनेर धेरै सम्झाएँ तर कसै(कसैको देखेको नै लेखेको हुन्छ भन्ने कसलाई के थाहा रु मैले जति सम्झाए पनि लुत्रे कान लाएर उदास हुन उसले छोडेन l काम सकेर आएपछि एक्लै रक्सी पनि खूब खान्थ्यो,एक मानेमा त ऊ ‘पारोले त्यागेको देवदासझैं’ पियक्कड भइसकेको थियो l यसरी कमाउन परदेशमा आएर प्रेयसीको सम्झनामा रातदिन तड्पिएको मलाई मनासिव लागेन l


फेरि उसले मैले जति सोधेपनि आफ्नो प्रेम(कहानी राम्ररी भन्या होइन केरे l ‘भन् न,तँलाई तेरी प्रेमीकाले कसरी छाडी,मलाई आफ्नै दाजु सोंची नलुकाई भन् न रु’ भनेर कर गर्दा ‘खाटा बसेको घाउ नकोट्याऊ न’ भन्यो, अनि मैले पनि झोंक्किएर ‘घाउमा खाटा बसिसकेको भए किन यस्तो देवदास बन्छस् त,ए उल्लु ! होशमा आ,आँखा उठाएर तेरो भविष्यको लागि सोंच्,पुरानो कुरा बितिसक्यो, अब नयाँ सोंच्,नयाँ।।’ भनें l





‘त्यही त म सोंच्दै छु दाजै, अलि निष्कर्ष निकाल्न गाह्रो भएर पो।।’ निन्याउरो मुख लाएर उसले मलाई पुलुक्क हेरी भन्यो l अनि मलाई माया लाग्यो,म उसको काँधमा हात हालेर ढाडस दिने मनसायले छेउमै बसें(‘मलाई नलुकाई भन् न खास कुरा के हो रु म तँलाई सक्दो सहयोग गर्छु l



त्यसबेला चाहिं उसले मलाई सविस्तार सबै बतायो l स्वजातीय उसकी प्रेमिका,सँगै स्कुल जाँदा(आउँदा नै माया बसेछ तर ऊ बेरोजगार भएकोले परिवारले बाधा हाल्यो ्र ११ मा पढ्दा नै उसकी प्रेमिका,चाँदनीलाई विवाहको दवाव परेछ,रुँदै प्रेमिकाले आफ्नो विवशता व्यक्त गर्दा उसले ‘तिमी र म भागौं’ भन्न पनि सकेन,बरु ‘राम्रोसंग नयाँ जीवन सुरु गर,तिम्रो र मेरो लेखान्त यस्तै रहेछ’ भनेछ ्र अनि त्यस कुराले चोट परेर होला रुँदै आक्रोशमा चाँदनी बोली(‘मैले तिमीमाथि कत्रो विश्वास गरेथें,म संकटमा पर्दा झन् मलाई एक्लै पार्छौ रु तिमीबिनाको जीवन पनि के जीवन रु अब म जिउनु जिउँदो लाश भएर जिउनु हो l त्यति भनी ऊ गई रे l



लगत्तै केही दिनपछि उसले चाँदनीको बिहे भइसकेको खबर सुन्यो l पीडा भएपनि आफ्नो दुर्भाग्य मानी चाँदनीको जीवन सुखमय होस् भन्ने कामना गरिरह्यो ्र तत्पश्चात नै उसको कोरिया आउने भिषा लागेछ ्र कस्तो विडम्बना १ मायालुकै लागी विदेशिने सुरमा थियो तर मायालु नै गुम्यो,जे भएपनि देश नै छाडी गएपछि मनको भारी हलुको होला भन्ने सोंचेर ऊ कोरिया आयो ्र अनि यहीं हो मैले उसलाई चिनेको,त्यति नबोल्ने केटो मलाई त अलि घुसघुसे लागेथ्यो,होइन प्रेमपीडाले घुसघुसे बनाएको रहेछ, बिचरा १ मलाई त माया लाग्यो l



‘तब जे हुनु थियो भइसक्यो,अब तँ आफ्नो जीवनलाई यसरी नशामा किन डुबाउँछस् रु,भैगो अब चाँदनी सुखी छे भने तँ पनि यसैमा खुशी हुनुपर्छ नि l’ ‘होइन दाजै,चाँदनी खुशी छैन।।।l’ राता र ओसिला आँखा पल्टाउँदै उसले भन्यो l
म छक्क परें(‘हँ रु किन रु के भो रु’ एकछिनपछि उसले भन्यो(‘।।।चाँदनीको बिहे टुट्यो दाजै,किन टुट्यो रु कसरी टुट्यो रु त्यो म जान्दिनँ तर ऊ अहिले एक्लै माइत बसेकी छ,म उसलाई फेरि अपनाउन चाहन्छु तर ऊ मरिगए मान्दै मान्दिने दाजै,म के गरूँ रु’ मैले राम्ररी समस्या केलाएँ,यदि दुवैको प्रेम साँचो भए अन्तमा प्रेमको नै जीत हुन्छ भनी उसलाई ढाडस दिएँ(



‘चिन्ता नगर् मेरो भाइ तिमी दुवैको माया साँचो भए एकदिन त्यो विजयी हुन्छ,संसारले केही समय तिमीहरुको प्रेममा तुषारापात गर्यो तर हरेस नखा,अन्धकार रातपछि सुर्य पक्कै उदाउँछ l अरु पनि धेरै कुरा सिकाएँ(सम्झाएँ,सबभन्दा बढी मैले उसलाई आफ्नी प्रेमिकासितको पुनस् मिलनमा आशावादी हुन भनें,च्याटमा वा फोनमा मित्रतालाई निरन्तरता दिन भनिरहें l अन्तमा सायद आफ्नो मनको बह पोखेर होला उसको मुहार मैले अलि छ्यांग देखें, अनि रक्सीको बोतल पनि तानेर पर सारिदिएँ,उसले कुनै नाइँ नास्ति गरेन,बरु ‘ल अब राम्ररी सुत्,मनमा कुरा नखेलाई सुत्’ भनें l त्यसपछि ऊ आज्ञाकारी बालकझैं सुत्यो l



भनिन्छ,बनको बाघले खाओस् नखाओस्,मनको बाघले धेरै खानुहुन्न,हो मैले सम्झाएपछि चाहिं बिस्तारै(बिस्तारै प्रकाश सुध्रियो अनि उसमा आत्मविश्वासको प्रबलता देख्न थालें l  मैले उसको प्रेम सफल होस् भन्ने कामना गरेथें,आज साँच्चै सफल भयो,ऊ अस्तिको हप्ता छुट्टीमा नेपाल गएको थियो ्र जानेबेलामा मैले उसलाई एक हितैसी दाजैले झैं धेरै कुरा सम्झाएर पठाएको थिएँ अनि सकेसम्म पुनस्मिलनको प्रयास गर्नु पनि भनेथें l  आहा ! के राम्रो खबर पाएँ आज,प्रकाश र चाँदनीको पुनस्मिलन भएछ,अब तीन दिनपछि विवाह हुन्छ रे l मेरो पनि छुट्टी परेको भए दुवैलाई आशिष दिँदो हुँ तर म त अझै यहीं छु,बरु ऊ नै आएपछि फेरि मनग्ग्ये कुरा गर्ने धोको छ l   त्यैपनि आजै फोनमा बोल्दा मैले मेरो मुरीमुरी अग्रिम आशिष र बधाई टक्र्याएँ l



समाप्त   
प्रतिक्रिया दिनुहोस्